८ मंसिर २०८१, शनिबार

प्रधानमन्त्री देउवासँगै चार मन्त्री भारत भ्रमणमा जाने


शेरबहादुर देउवा फाइल फोटो

काठमाडौं । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री शेरबहादुर देउवासहित चार मन्त्री पनि भारत भ्रमणमा जाने निर्णय गरेको छ । प्रधानमन्त्री देउवा औपचारिक भ्रमणका लागि भोलि भारत जाँदै छन् ।

भारत भ्रमणमा प्रधानमन्त्री देउवासँगै परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादव र स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा जाने निर्णय भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !