४ आश्विन २०८१, शुक्रबार

राष्ट्रिय सहमति नभइ प्रधानमन्त्री बन्नुको अर्थ छैन:प्रचण्ड


Prachanda

जेष्ठ २२, २०७३ नेकपा माओवादी केन्द्र दोलखाको चौथो जिल्ला अधिवेशनमा बोल्दै अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सहमतिको सरकार बनेमात्रै आफूले प्रधानमन्त्री स्वीकार्ने बताएका छन् ।

एमालेसँग भएको ९ बुँदे सम्झौतामा राष्ट्रिय सहमतिको सरकार बनेको खण्डमा आफूले नेतृत्व गर्ने सहमति भएको पनि उनले बताए ।
जसले जे भनेर चर्चा परिचर्चा गरे पनि एमालेसँग भएको ९ बुँदे सम्झौतामा पनि कांग्रेस, मधेसीलगायत अन्य दलहरुको राष्ट्रिय सरकार भएमा मैले सरकारको नेतृत्व गर्ने सहमति छ

‘राष्ट्रिय सहमति नभइ प्रधानमन्त्री बन्नुको अर्थ छैन’

उनले भने ,कांग्रेस र मधेसी दलहरुले आफूलाई प्रधानमन्त्रीका रुपमा अघि सार्दा पनि आफूले नमानेको बताए । ‘मैले राष्ट्रिय सहमतिका लागि नमानेको हुँ।

र अन्तमा, भूकम्प पीडित जनतालाई ५ लाख अनुदान दिने विषयका बारेमा बोल्दै‘बाइ द वे प्रधानमन्त्री भएँ भने पहिलो काम निव्र्याजी ऋण भनिएको ३ लाखलाई अनुदानमा परिणत गर्छु भनि जनतालाई बचन व्यक्त गर्नुभयो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !