१५ जेष्ठ २०८१, मंगलबार

मन्त्री पण्डितले भने, ‘सार्वजनिक विदा धेरै भएकाले लोकतन्त्र दिवसको विदा कटौति गर्यौँ’


lalbabu pandit

११ वैशाख, काठमाण्डौ । लोकतन्त्र आएपछिका हरेक वर्ष लोकतन्त्र दिवसका नाममा सार्वजनिक विदा दिइएको थियो । तर यसपटकदेखि भने यस दिवसमा दिँदै आएको विदा कटौति गरिएको छ ।

नेकपा एमाले नेता एवम् संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्री लालबाबु पण्डितले नेपालमा सार्वजनिक विदा धेरै भएकाले केही विदाहरु कटौति गरिएको बताए ।

धेरै राष्ट्रिय दिवसको नाममा विदाको आवश्यकता नरहेकाले लोकतन्त्र दिवस मनाउने तर सार्वजनिक विदा नदिने निर्णय गरिएको उनले बताए ।

“जनताले लोकतन्त्र, गणतन्त्र, प्रजातन्त्र सबैमा जितेको हो । फेरी पनि जित्नका लागि जनता तयार छन् । धेरैवटा जितेको दिनलाई केन्द्रित गरेर संविधान दिवसका दिन राष्ट्रिय दिवस मनाउने निर्णय गरिएको हो ।” पण्डितले भने ।

दिवसहरुलाई समायोजन गरेर संविधान जारी भएको दिनलाई केन्द्रित गर्ने निर्णय गरिएको उनले बताए ।सरकारले विभिन्न ठाउँमा कार्यक्रम गरेर लोकतन्त्र मनाउने तयारी गरेको पण्डितले बताए ।

सार्वजनिक विदा कटौति गरिए पनि त्यस्ता दिनको महत्वलाई सरकारले कहिल्यै पनि नविर्सने उनको भनाई छ । “इतिहासलाई विर्सेको छैन । विर्सिदैनौँ पनि । जनताले पनि बिर्सिदैनन् ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु