१६ जेष्ठ २०८१, बुधबार

कांग्रेस बैठक : चुनावी गठबन्धन गर्ने गरी निर्णयको खाका तयार


काँग्रेस केन्द्रिय कमिटी बैठक

काठमाडौं । नेपाली कांग्रेसको आज बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले चुनावी गठबन्धन गर्ने गरी निर्णयको खाका तयार पारेको छ ।

महामन्त्रीहरूले निर्णय लेखेर कार्यसम्पादनका साथीहरुसँग छलफल गर्ने र केन्द्रीय समितिबाट अनुमोदन गराउने समझदारी भएको र गठबन्धन कुन तहबाट कसरी गर्ने भन्ने निर्णय भने पछि हुने एक नेताले जानकारी दिए।

तेस्रो चरणमा सभापतिसहित पदाधिकारीको बैठक बसेर निर्णय अुनुमोदन गरेपछि त्यही निर्णय अनुमोदनका लागि केन्द्रीय समितिमा पेस हुने बताइएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक दिउँसो ३ बजे बस्दै छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !