१५ जेष्ठ २०८१, मंगलबार

आफू गठबन्धनको पक्षमा नभएको महामन्त्री गगन थापाको जिकिर


काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू गठबन्धनको पक्षमा नभएको जिकिर गरेका छन् । महामन्त्री थापाले गठबन्धनलाई सैद्धान्तिक हिसाबले पुष्टि गर्न नसक्ने बताए।

काँग्रेस केन्द्रीय समितिको बैठकमा बोल्दै थापाले देशभरका लाखौँ मतदातालाई रुखबाहेक अन्यत्र भोट हाल्न भन्ने हो भने तिनले भविष्यमा रुखमै भोट हाल्छन् भन्ने के ग्यारेन्टी ? भन्दै प्रश्न गरे ।

अहिले हँसिया हथौडा र कलममा भोट हालेको मतदाताले अर्को चुनावमा रुखमा भोट हाल्ला त ? भन्दै प्रश्न गरे।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !