१२ बैशाख २०८१, बुधबार

गठबन्धन तीनै तहको निर्वाचनसम्म कायम रहन्छ : अध्यक्ष प्रचण्ड


प्रचण्ड

रोल्पा । सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनै तहको निर्वाचनमा गठबन्धन हुने दावी गरेका छन् ।

पुर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले गठबन्धन स्थानीय तहमा मात्र नभएर प्रदेश र संघिय निर्वाचनसम्म कायम रहने बताए ।

आज रोल्पामा जनयुद्ध स्मृति भ्युटावर उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले रोल्पाले माओवादी युद्धको मात्र नभइ विकासको पनि नेतृत्व गरिरहेको बताए ।

अध्यक्ष प्रचण्डले आन्दोलनको समयमा अफ्ठ्यारो पर्दा आफू रोल्पा आउने गरेको बताए। प्रचण्डले १२ बुँदे विस्तृत शान्ति सम्झौता गर्न रोल्पाबाट नै गएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !