१३ आश्विन २०८१, आइतबार

राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन समिति गठन


राजेन्द्र लिङ्देन फाइल फोटो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधानअनुसार केन्द्रीय कार्यसम्पादन समिति गठन गरेका छन् । अध्यक्ष लिङ्देनले २० सदस्यीय समिति बनाइएका छन् ।

विधानअनुसार ३३ सदस्यीय समिति बनाउनुपर्ने भए पनि अहिले २० सदस्यीय समिति बनाइएको एक नेताले जानकारी दिए । समितिमा अध्यक्ष लिङ्देन, उपाध्यक्षहरू बुद्धिमान तामाङ, बिक्रम पाण्डे, ध्रुबबहादुर प्रधान, रोशन कार्की, हेमजङ्ग गुरुङ, मुकुन्द श्याम गिरी छन् ।

महामन्त्री धवलशमशेर राणाका अनुसार महामन्त्री राणा, भुवन पाठक, कुन्तीकुमारी शाही, राजेन्द्र गुरूङ, प्रल्हाद साह, दीपक बोहोरा, नवराज सुवेदी, हरिबहादुर बस्नेत, बालाराम घर्ती मगर, जयन्त चन्द, टंक ढकाल, ठाकुरप्रसाद शर्मा, ऋषिबाबु परियार कार्यसम्पादन समितिमा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !