११ बैशाख २०८१, मंगलबार

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक जारी


नेपाली काँग्रेस केन्द्रिय कमिटी बैठक

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी रहेको छ । गत शुक्रबारदेखि केन्द्रीय समिति बैठक शुरू भएको बैठक आज पार्टी कार्यालय सानेपामा आइतबार पनि बसेको हो ।

महामन्त्री गगन थापाका अनुसार बैठक टिकट बाँड्न केन्द्रीय संसदीय बोर्ड गठन तथा चुनावी तालमेलबारे बैठकमा छलफल हुनेछ । साथै ‘घर घर जाउ काँग्रेस जिताउ’ अभियानमा ७७ वटै जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरुलाई बोल्न समय छुट्टयाइएको छ । ती प्रतिनिधिलाई ५ मिनेटका दरले बोल्ने समय छुट्टयाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !