काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र शेखर कोइरालाबीच ‘वान टु वान’भेटवार्ता भएको छ ।
एक नेताका अनुसार भेटमा नेपाल विद्यार्थी संघ र तरुण दलको नेतृत्त्व विना सहमति ल्याउँदा पार्टीमा बढेको असन्तुष्टि व्यवस्थापनका विषयमा छलफल भएको थियो ।
भेटमा भातृ संस्थाको नेतृत्त्व एकलौटी नियुक्ति गर्दा साथीहरू असन्तुष्ट भएको कोइरालाले बताएका थिए । समानान्तर समिति बनाउन दबाब दिँदै हुनुहुन्छ के गरौं ? भन्दै प्रश्न समेत गरे ।