jl/i7 g]tf kf}8]n –sfo{qmd pb3f6g
bdf}nL, * r}t M
g]kfnL sf+u|]; tgx’F If]q gDa/ ! -s_ n] dªunaf/ bdf}nLdf cfof]hgf u/]sf] …3/ 3/ hfcf}F sf+u|]; lhtfcf}FÚcleofgsf] pb3f6g ub}{ jl/i7 g]tf /fdrGb| kf}8]n . tl:a/ M s[i0f Gof}kfg]÷/f;; दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकताबद्ध भएर निर्वाचनमा जानुको विकल्प नभएको बताएका छन् । ‘घर घर जाऔं : कांग्रेस जिताऔँ’ अभियानअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ (ख) ले आज डुम्रेमा आयोजना गरेको भेलामा वरिष्ठ नेता पौडेलले कांग्रेसबीच एकता कायम गरी निर्वाचनमा जानुपर्नेमा जोड दिए ।
स्थानीय तहको निर्वाचनमा जिल्लाका दशवटै पालिकामा कांग्रेसलाई जिताउने गरी तयारी थाल्न पौडेलले आग्रह गरे । जनताको घरघरमै पुगेर कांग्रेसको प्रचारप्रसार गर्नुपर्नेमा पौडेलको जोड थियो । तनहुँको विकास निर्माणको काम कांग्रेसकै नेतृत्वमा भएकाले त्यसलाई पूरा गर्न पनि कांग्रेसले जित्नुपर्ने पौडेलको जिकिर थियो ।
नेपाली कांग्रेसले ‘घर घर जाऔँ ; कांग्रेस जिताऔँ’ अभियानअन्तर्गत जिल्लाका चारवटै प्रदेशसभा क्षेत्रमा आज भेला गरेको छ । तनहुँ क्षेत्र नम्बर १ (क) को दमौलीमा, १ (ख) को डुम्रेमा, २ (क) को खैरेनीटारमा र २ (ख) को घिरिङमा सम्मेलन आयोजना गरिएको छ ।












