काठमाडौं । सत्तारूढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले अर्घाखाँचीमा स्थानीय चुनावका लागि तालमेल गरेर जाने सहमति गरेका छन् ।
सत्ता गठबन्धनले ०७९ वैशाख ३० मा हुने स्थानीय तहमा गठबन्धन गरेर जाने गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए । गत सोमबार उनीहरूले स्थानीय तहमा तालमेल गर्ने निर्णय गर्दै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका थिए ।