८ मंसिर २०८१, शनिबार

एमालको सचिवालय बैठक ओली निवास बालकोटमा जारी


एमाले सचिवालय बैठक बालकोट फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा जारी रहेको छ ।

आज जारी सचिवालय बैठकमा स्थानीय तहको निर्वाचनको तयारी लगायत विषयमा छलफल भई रहेको बुझिएको छ । बैठकले पार्टीको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको बोलाउने एमालेको तयारी रहेको छ ।

साथै बैठकले स्थानीय तह निर्वाचनको कार्ययोजना तय गर्न केन्द्रीय कमिटी बैठकका एजेण्डा तयारी गर्ने भएको हो । हिजो सोमबार बसेको केन्द्रीय कार्यालय बैठकले केन्द्रीय कमिटीको बैठक छिट्टै बोलाई स्थानीय तह निर्वाचन केन्द्रित कार्ययोजना बनाउने विषयमा छलफल गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !