![विश्वप्रकाश शर्मा](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/Bishoprakash-sharma-In-Jhapa.jpg?fit=1313%2C760&ssl=1)
उदयपुर । सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमसीसीलाई गलत व्याख्या गरिएकोले यसका विरुद्धमा छरिएका भ्रमको पछि नलाग्न काँग्रेसका स्थानीय नेता, कार्यकर्तालाई आग्रह गरेका छन् ।
उदयपुरमा घरघर जाउँ, कांग्रेस जिताऊ’ अभियानको उद्घाटन गर्दै महामन्त्री शर्माले दिगो विकास र समृद्धिको लागि एमसीसी स्वीकारिएको समेत बताए ।
महामन्त्री शर्माले देशमा विद्युत, सडक तथा पूर्वाधारको निर्माणमा एमसिसी परियोजना आवश्यक रहेको बताए । हाम्रै माग र आवश्यकतामा यो सम्झौता भएकाले यसको विरोध गर्नुको कुनै अर्थ नभएको बताए ।