४ असार २०८१, मंगलबार

प्रकाश सपुतको गीतमा कुनै आपत्ति मान्नुपर्ने कुरा छैन : डा. भट्टराई


डा. बाबुराम भट्टराई

काठमाडौं । जसपाका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले गायक प्रकाश सपुतले गीतमा कुनै आपत्ति मान्नुपर्ने कुरा नभएको बताएका छन् ।

गायक सपुतको ‘वीर’गीतको भिडियो सार्वजनिक भएपछि विशेषगरी माओबादी नेताहरुले विरोध गरेपछि डा. भट्टराईले भने त्यसमा आपत्ति मान्नुपर्ने कुरा नभएको बताएका छन्।

उनले सामाजिक संजालमा लेखेका छन्, “म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन । गीतले जनयुद्धको विरोध गरेको छैन । अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ।त्यसनिम्ति क्रान्तिलाई नयाॅ ढंगले अगाडि बढाउने पो हो।गीतका सर्जकलाई किन धम्काउने ? ‘तथ्यबाट सत्य खोज’मार्क्सेली चिन्तनपद्धतिले भन्छ।अनुसन्धानको क्रममा मैले प्रत्यक्ष बुझेको छु-महिलाहरू आफ्नो सन्तान र लोग्नेको उपचारनिम्ति देह बेच्न बाध्य छन्।हिजो जनमुक्तिकानिम्ति बन्दुक बोक्नेहरू पेट पाल्न देह बेच्दैछन्!तीतो सत्य स्वीकारौं;समाधान खोजौं; प्रकाश सपुतलाई नसरापौं!”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु