१८ बैशाख २०८१, मंगलबार

महामन्त्री भन्छन्- ओलीले सत्ता चलाउन नसकेर काँग्रेसलाई नै सुम्पिएको हो


विश्वप्रकाश शर्मा

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताले कम्युनिस्टलाई सत्ता चलाउन मत दिएपनि नसकेर काँग्रेसलाई नै सत्ता सुम्पिएको दावी गरेका छन् ।

जनताले सरकार बनाउने जिम्मा कम्युनिष्ट पार्टीलाई लगाउने तर कम्युनिष्ट पार्टीले चलाउन नसकेर फेरि काँग्रेसलाई सुम्पिने अवस्था आएको महामन्त्री शर्माले बताए ।

काँग्रेसले आइतबारदेखि सुरु गरेको एक महिने ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियानका अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, “तपाईले कम्युनिष्ट पार्टी र कम्युनिष्ट पार्टीले हामीलाई जिम्मा लगाउने भन्दा सिधै नेपाली काँग्रेस पार्टीलाई जिम्मा लगाउनुस् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !