१२ असार २०८१, बुधबार

समाजवादी पार्टीवाट वीरगञ्जको मेयर बनेका सरावगी एमालेमा प्रवेश


केपी ओली र विजय सरावगी

काठमाडौँ । वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा प्रवेश गरेका छन् । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य एवं सोही पार्टीवाट मेयर बनेका वीरगञ्जका मेयर सरावगी एमालेमा प्रवेश गरेका हुन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले वीरगञ्जमा एक कार्यक्रमको आयोजना गराई सरावगीलाई प्रवेश गरेका हुन् । सो पार्टीका शीर्ष नेताहरूको काठमाडौँमा बैठकमा चलिरहेको बेला सोही पार्टीवाट मेयर बनेका सरावगी एमालेमा प्रवेश गर्नुलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

मेयर सरावगीसँगै जसपाका नेता समेत रहेका बाराका आदर्श कोटवाल गाउँपालिका अध्यक्ष मुस्ताफा अन्सारी पनि एमालेमा पनि प्रवेश गरेका छन् । आफ्नो पार्टीमा अर्को पार्टीका नेताहरुलाई प्रवेश गराउन ओलीको दौडधुप बढेको छ । मुस्ताफालाई प्रवेश गराउनका लागि अध्यक्ष ओली आफै बारा पुगेका थिए ।

एमालेले वीरगञ्जको मेयरको लागि टिकट दिने निश्चित भएपछि सरावगी एमालेमा प्रवेश गरेका हुन् । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. वावुराम भट्टराईको पार्टीभित्र उत्पन्न कलहले गर्दा विभाजनसम्मको विकल्पमा पुगेको पार्टीलाई ठूलो धक्का लागेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !