५ जेष्ठ २०८१, शनिबार

निर्वाचन आयोग र राजनीतिक दलका प्रतिनिधिहरुको छलफल जारी


निर्वाचन आयोग र राजनीतिक दलका प्रतिनिधिहरु

काठमाडौँ । निर्वाचन आयोग र राजनीतिक दलका प्रतिनिधिहरु वीचको छलफल जारी रहेको छ । आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्नका लागि आयोग र राजनीतिक दलहरु वीचको छलफल जारी रहेको हो ।

संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका २/२ जना प्रतिनिधिहरुलाई आज छलफलका लागि आयोगले आमन्त्रण गरेको हो ।

छलफलको क्रममा स्थानीय तह निर्वाचनको तयारीबारे जानकारी गराउने र दलहरुको अपेक्षाबारे आवश्यक रायसुझाव लिइने निर्वाचन आयोगले जानकारी दिएको छ ।

निर्वाचनका लागि आयोगले हालसम्म गरेको कार्यप्रगति जानकारी गराउने र आगामी रणनीतिबारे छलफल गर्ने कार्यक्रम रहेको छ । आगामी स्थानीय तह निर्वाचनका लागि ८० राजनीतिक दलले आयोगमा दर्ताका लागि निवेदन दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !