८ बैशाख २०८१, शनिबार

अर्ली इलेक्सनको सम्भावना नै छैन : नेता पुन


Barsaman_Pun

काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनले अर्ली इलेक्सनको सम्भावना नभएको दावी गरेका छन् । आइतबार संसद बैठकपछि पत्रकारहरुसँग बोल्दै आगामी वैशाखमा स्थानीय निर्वाचनको मिति घोषणा भइसकेकाले अब प्रतिनिधिसभाको ‘अर्ली इलेक्सन’ सम्भावना नै रहेको उनले बताए ।

संसद भवनबाट आइतबार बाहिरिँदै गर्दा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । उनले भने,‘स्थानीय निर्वाचन वैशाखमा हुने भएपछि अब कार्तिक वा मंसिर नभइ प्रतिनिधिसभाको निर्वाचन सम्भावना छैन । कानुनी रु

साथै, हाम्रो देशको भौगोलिक अवस्था, मौसम आदिले पनि दुई सिजनभन्दा बाहेक निर्वाचन गर्न सक्दैनौँ । अब अर्ली भन्दैमा भदौ असोजअघि निर्वाचनको सम्भावना छैन ।’

उनले ५/६ महिनादेखि संसद अनिर्णयको अवस्थामा रहने र चल्न नसकेको अवस्थामा जनताका विषयमाथि नै छलफल गर्न नसक्ने भएकाले पार्टी नेतृत्वले यस्तो सोचेको हुनसक्ने बताए । (न्युज कारखानावाट साभार)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !