१ असार २०८१, शुक्रबार

प्रत्यायोजित व्यवस्थापन समितिका सभापतिसहित ६ जनाको बिदाइ


६ जनाको बिदाइ sf7df8f}F, @) kmfu’g . /fli6«o ;efdf cfkmgf rf/ jif]{ sfo{sfn k”/f u/L labfO{ x’g’ ePsf k|Tofof]lht Joj:yfkg tyf ;/sf/L cfZjf;g ;ldltsf ;efklt /fdgf/fo0f lj8f/Lnufot ;ldltsf ;b:ox? . pxfFx?;lxt @) hgf ;b:osf] cfh} sfo{sfn ;lsPsf] 5 . tl:a/ M /Tg >]i7, /f;; .

काठमाडौँ । राष्ट्रियसभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारी र पाँच सदस्य आफ्नो चार वर्षे कार्यकाल पूरागरी बिदाइ भएका छन् । समिति सचिवालयले आजको बैठकपछि उनीहरूलाई सम्मानपत्र प्रदान गरी दोसल्ला ओढाएर बिदाइ गरेको हो ।

चार वर्षे कार्यकाल पूरा गर्नेमा शान्ति अधिकारी, शेरबहादुर कुँवर, अगमप्रसाद वान्तवा, नैनकला ओझा र राधेश्याम अधिकारी छन् । यसअघि बैठकमा उहाँहरूले प्रत्यायोजित व्यवस्थापन र सरकारी आश्वासन कार्यान्वयनका सन्दर्भमा समितिको प्रयास गौरव गर्न लायक रहेको दाबी गरे ।

प्रत्यायोजित विधायन अर्थात सहायक कानून निर्माणका सन्दर्भमा अपनाउनुपर्ने सजगता तथा त्यस्ता कानून कार्यान्वयन गर्न पूर्व अनिवार्य रूपमा संसद्लाई जानकारी गराउन पर्नेसहितको प्रावधान राखेर ऐनको मस्यौंदालाई अन्तिम रूप दिन सफल भएको विषयलाई उनीहरूले उपलब्धिका रूपमा लिएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !