काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी रहेको छ । पूर्वनिर्धारित समयभन्दा झन्डै २ घण्टापछि राष्ट्रियसभा गृहमा शरु भएको बैठकमा ६ वटा एजेन्डामाथि छलफल हुने बताइएको छ ।
बैठकले केन्द्रीय सदस्य थप्ने र पार्टीमा रिक्त रहेका अध्यक्ष बाहेकको पदपूर्ति गर्ने तथा स्थायी कमिटी, पोलिटब्युरो पनि गठन गर्ने भएको छ । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको बारेमा रिपोर्टिेङ गर्ने भएका छन् ।
यस्तै प्रचण्डले संसद्बाट अनुमोदन भएको एमसीसीबारे पनि पार्टीको धारणा राख्ने बताइएको छ । यस्तै बैठकले स्थानीय निर्वाचनको रणनीति पनि तय गर्ने एक नेताले बताए ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रतिनिधिसभाबाट अनुमोदनपछि माओवादीमा प्रचण्ड र नारायणकाजी श्रेष्ठबीच खटपट शुरु भएको छ ।
श्रेष्ठ लगायतका केही नेताले पार्टीभित्र ‘विद्रोह’ गर्दै छुट्टै छलफल गरेका छन् । आजको बैठकमा नेता श्रेष्ठ पनि सहभागी भएका छन् ।