काठमाडौँ । प्रतिनिधिसभावाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता अनुमोदन भएपछि आफ्नो पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न नेकपा एमाले आज पत्रकार सम्मेलन गर्दैछ ।
संसदबाट एमसीसी अनुमोदन भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो १ बजे तिनकुनेस्थित रोयल ब्यांकेटमा पत्रकार सम्मेलन आयोजना गर्ने एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
एमसीसी संसदबाट अनुमोदनमा भाग नलिएको प्रमुख प्रतिपक्षी दल एमालेले एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा एमालेका आधिकारिक धारणाहरू सार्वजनिक गर्नेछ । एमसीसी गत शुक्रबार संसदबाट अनुमोदन भएको थियो ।
एमसीसी संसदबाट अनुमोदन भएपछि यसअघि हिजो सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड`ले एमसिसी सम्झौता संसदवाट अनुमोदन भएर देश, सत्ता गठबन्धन र वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकार दुर्घटनाबाट बचेको बताएका थिए ।
यस्तै एमसीसी संसदबाट अनुमोदन भएपछि हिजो प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले पनि आफ्नो पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिसकेको छ । काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी संसदबाट पारित गर्न एमालेले पनि सघाएको बताएका छन् ।
सोमबार सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले अन्य मुद्दाका कारण औपचारिकता सहभागिता नभएपनि एमालेले पनि सहयोग गरेको बताए । उनले गठबन्धनमा सम्मिलित सबै दलको एमसीसीमा सहयोग रहेको भन्दै पार्टीको तर्फबाट धन्यवाद दिएका थिए ।
यो पनि पढ्नुहोस्
एमसीसी अनुमोदन भएर देश, गठबन्धन र सरकार दुर्घटनाबाट बच्यो : प्रचण्ड