३ मंसिर २०८१, सोमबार

उपभोक्ता ठग्ने व्यापारीलाई कडा कारबाही गर्ने मन्त्री खनालको घोषणा


chakramani khanal

६ वैशाख, काठमाण्डौ । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले बिहिबार उपभोक्ता अधिकारकर्मीहरूसँगको छलफलमा बोल्दै सरकारले उपभोक्तालाई ठग्ने व्यापारीहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

खनालले काठमाण्डौको कालीमाटीस्थित फलफूल तथा तरकारी बजारले उपभोक्तामाथि ठगी गरे-नगरेको छानबिन गर्न समिति नै गठन गर्ने घोषणा गरेका छन् ।

गुणस्तरहिन तरकारी तथा फलफूल बिक्री वितरण गर्ने गरेको गुनासो आइरहेका बेला उनले बजारको अनुगमन गरी दोषी प्रमाणित भए कडा कारबाही गर्ने चेतावनी दिएका हुन् ।

मन्त्री खनालले उपभोक्तामाथि ठगी हुन नदिन सरकारले आवश्यक तयारी गरिरहेको जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु