२ जेष्ठ २०८१, बुधबार

सुनियोजित भ्रम छर्दै राष्ट्रघाती एमसिसि सम्झौता संसदबाट अनुमोदन गराई छाडे : श्रेष्ठ


नारायणकाजी श्रेष्ठ

काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले ब्यख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै राष्ट्रघाती एमसिसि सम्झौता संसदबाट अनुमोदन गराई छाडेको आरोप लगाएका छन् ।

नेता श्रेष्ठले आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रुपमा लिने टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै यस्तो टिप्पणी गरेका हुन्।

उनले लेखेका छन्, “अन्तत ब्यख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसिसि सम्झौता संसदबाट अनुमोदन गराई छाडे । आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रुपमा लिनेछन् । सम्पुर्ण देशभक्त शक्तिहरु एकताबध्द होऔं र नेपालको राष्ट्रिय सार्वभौमिकता,स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राखौं ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु