११ बैशाख २०८१, मंगलबार

प्रचण्ड र वामदेवबीच खुमलटारमा अचानक भेटवार्ता


प्रचण्ड र वामदेव

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टी एकता राष्ट्रिय अभियानका संयोजक एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

प्रचण्ड पुत्री एवं स्वकीय सचिव गंगा दाहालले सामाजिक संजाल फेसबुकमा प्रचण्ड र गौतमबीच एक वर्षपछि भेटघाट भएको जानकारी दिएकी छन् । गौतम शुक्रबार अपरान्ह प्रचण्ड भेट्न उनको निवास खुमलटार पुगेका हुन् ।

दुई शीर्ष नेताहरुबीच देशमा विकसित समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल जारी रहेको बुझिएको छ । यसअघि प्रचण्डले बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए ।

प्रचण्डको स्वकीय सचिव रमेश मल्लका अनुसार दुई शीर्ष नेताहरुबीच सौहार्दपूर्ण भेटघाट भएको बताउदै राष्ट्रिय राजनीतिमा देखिएको संकट समाधानका बारेमा गम्भीर वार्तालाप भएको जानकारी दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !