१ मंसिर २०८१, शनिबार

प्रचण्डसँगको छलफलपछि प्रधानमन्त्री देउवा आन्तरिक छलफलमा


प्रधानमन्त्री शेरबहादुर देउवा फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको हो ।

अध्यक्ष ‘प्रचण्ड’ प्रधानमन्त्री देउवालाई भेटेर बालुवाटारवाट फर्किएका छन् । प्रधानमन्त्री देउवासँग प्रचण्डको वर्तमान सत्ता गठबन्धन कायम राख्ने विषयमा छलफल गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री देउवा भेट्न माओवादी अध्यक्ष प्रचण्डसँगै अर्थमन्त्री जर्नादन शर्मा पनि बालुवाटार पुगेका थिए । उक्त भेटमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की समेत सहभागी भएका थिए ।

प्रचण्ड बाहिरिएपछि काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवा आफ्नो पार्टी कांग्रेसका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । प्रधानमन्त्री देउवासँग कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीवीचको छलफल जारी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !