७ मंसिर २०८१, शुक्रबार

कार्यव्यवस्थाको बैठक सकियो, एमसीसी छलफलका लागि कार्यसूची तय


कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यस्था बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको छ । आज बस्ने प्रतिनिधिसभाको बैठकअघि सभामुख सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएको हो ।

कार्यव्यवस्थाको बैठकले आज केही समयपछि बस्न लागेको प्रतिनिधिसभाको बैठकमा संसदमा टेवुल भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) छलफलका लागि कार्यसूची तय गरेको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा भएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्ष दल एमाले भने आजपनि अनुपस्थित रहेको छ । सभामुख सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले भने अनुपस्थित हुँदै आएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवावीच बालुवाटार भेटवार्तामा प्रचण्डले देउवालाई यथास्थितिमा एमसीसी अनुमोदन गर्न नसकिने भएकोले संसदमा थाती राख्न अनुरोध गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !