१३ पुस २०८१, शनिबार

प्रधानमन्त्रीले अमेरिकाको दबाब झेल्न नसकेकोले एमसीसी पेश गरेको खनालको खुलासा


झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाको दबाबलाई झेल्न नसकेको आरोप लगाएका छन्।

पूर्व प्रधानमन्त्री समेत रहेका खनालले अमेरिकाको दबाबलाई झेल्न नसकेर एमसीसी संसदमा पेश गरेको आरोप लगाएका छन् । खनालले एमसीसीमा रहेका केही शर्तहरु अनावश्यक र आपत्तिजनक रहेको र कार्यदलले अध्ययनका क्रममा एमसीसीका २०१७ को दस्ताबेज र २०१९ को कार्यान्वयन सम्झौता भन्दा अन्य नयाँ नौ वटा सम्झौता फेला पारेको पनि बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !