१७ असार २०८१, सोमबार

प्रचण्ड र नेपालले सरकारमा बस्ने नैतिक अधिकार गुमाइसके : सञ्जय गौतम


सञ्जय गौतम

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद सञ्जयकुमार गौतमले प्रचण्ड र माधव नेपालका पार्टीले अब सरकारमा बस्ने नैतिक अधिकार गुमाईसकेको बताएका छन् ।

नेता गौतमले एमसीसीबारे नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दोहोरो भूमिका खेलेको गौतमको टिप्पणी छ ।

आज सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले एमसीसी सम्झौता हुँदासम्म माधव नेपाल, झलनाथ, प्रचण्ड प्रधानमन्त्री हुँदापनि सम्झौताको प्रक्रिया अघि बढेको सुनाए । उनले अमेरिकालाई नेपालमा आउन एमसीसी नचाहिने पनि टिप्पणी गरे ।

नेता गौतमले एमसीसी धेरै गिजोलिएको गुनासो पोखे । गौतमले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा एमसीसी प्रस्ताव संसद्मा लैजाँदै गर्दा पनि कांग्रेस यसको पक्षमा उभिएको स्मरण गराए । उनले अहिलेको पाँच दलीय गठबन्धन आवश्यकत्ताले बनेको पनि उल्लेख गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !