८ बैशाख २०८१, शनिबार

एमालेले भन्यो- हाम्रो माग पूरा नभएसम्म एमसीसी संसदवाट अनुमोदन हुन दिँदैनौँ


बिशाल भट्टराई

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आफ्नो पार्टीको माग पुरा नभएसम्म अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदवाट अनुमोदन हुन नदिने स्पष्ट पारेको छ ।

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले यथास्थितिमा सदनबाट एमसीसी अनुमोदन गर्न नदिने प्रष्ट पारेका हुन् । सदनमा एमालेले राखेको माग पूरा नगरेसम्म यथास्थितिमा एमसीसी पारित गर्न नदिने उनले बताए ।

एमालेले राखेको माग सम्बोधन नभई कुनै पनि संसदको कार्यसूचीमा सहभागी नहुने समेत भट्टराईले बताएका छन् । आफूहरूको माग सम्बोधन भएपछि एमसीसीको पक्ष वा विपक्षमा मतदान गर्ने भन्ने विषयमा एमालेले निर्णय गर्ने प्रमुख सचेतक भट्टराईले भने ।

एमालेले सभामुख अग्निप्रसाद सापकोटाले आफूले कारबाही गरेका १४ जना संसदलाई निष्काशन गरेको सूचना नटाँसेको भन्दै संसदको बैठक अवरोध जारी राख्दै आएको छ । यसका साथै एमालेले सभामुखले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा अनुपस्थित हुँदै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !