४ जेष्ठ २०८१, शुक्रबार

प्रतिनिधिसभाको बैठक शुरु, कार्यसूचीमा राखियो एमसीसी


एमालेद्वारा संसद अवरुद्ध फाइल फोटो

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक शुरु भएको छ । संसद सचिवालयले केही समयअघि सार्वजनिक गरेको दैनिक कार्यसूचीमा आजको प्रतिनिधिसभा बैठकमा बहुचर्चित तथा विवादित अमेरिकी सहयोग परियोजना (एमसीसी) लाई समावेश गरिएको छ ।

प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठक आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने सहमति भएअनुसार नै सभामुख अग्नि सापकोटाले बोलाएको प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठकले आज संसद एमसीसी पेश गर्ने निर्णय गरेको थियो ।

प्रतिनिधिसभाको बैठक आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरोेध गरेको छ । बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी दल एमालेका सांसदले ‘रोस्ट्रम’ घेराउ गर्दै नाराबाजी गरेका छन् । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरुद्ध नगरी सदनको नियमित प्रक्रियामा सहभागी भइ आफ्ना कुरा राख्न प्रतिपक्षी दलका सांसदसंग आग्रह गरेका छन् ।

एमालेका सांसदहरुले ‘गैरसांसदलाई प्रवेश निषेध गर’, ‘संसदीय मर्यादा कायम गर’ भन्ने जस्ता नारा लगाएका थिए । आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना सभामुखले टाँस नगरेको भन्दै विपक्षी दलले संसद् बैठकमा अवरोध गर्दै आएको छ ।

सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्ने मात्रै समावेश गरिएको छ । एमसीसी सम्झौतासँगै आइतबारको बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित आएको लोकसेवा आयोग सम्बन्धी विधेयक पनि पेश हुने भएको छ ।

यस्तो छ हेर्नुहोस् आजको संसदको दैनिक कार्यसूची

यस्तो छ हेर्नुहोस् आजको संसदको दैनिक कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !