१८ बैशाख २०८१, मंगलबार

सभामुखले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक शुरु, एमाले अनुपस्थित


कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यस्था बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक शुरु भएको छ । आज बस्ने प्रतिनिधिसभाको बैठकअघि सभामुख सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक शुरु भएको हो ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा केही समयअघि शुरु भएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्ष दल एमाले भने अनुपस्थित रहेको छ । सभामुख सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले भने अनुपस्थित हुँदै आएको छ ।

आज शुरु भएको बैठकमा संसद बैठकको कार्यसूचीबारे छलफल हुनुको साथै संसदमा जारी अवरोध हटाउने विषयमा समेत छलफल हुनेछ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) आज बस्ने प्रतिनिधिसभाको बैठकमा टेवुल गर्न सहमति भएको छ ।

यस्तै शुरु भएको कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद् बैठकको कार्यसूची तय गर्नेछ । सत्ता गठबन्धनमा सहमति जुटेसँगै कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसीसी टेबल गर्ने लगायत कार्यसूची तय गर्नेछ ।

सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठकमा एमसीसी संसद्मा टेबल गर्ने सहमति जुटेसंगै प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो १ बजे बस्न लागेको प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबल गर्ने तयारी गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !