१८ बैशाख २०८१, मंगलबार

सभामुखले बोलाएको कार्यव्यवस्था समितिको बैठकमा आज पनि एमाले नजाने


बिशाल भट्टराई

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले आज पनि नजाने भएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नजाने नेपालपत्रलाई जानकारी दिएका हुन् ।

सभामुख सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले केही समय अघिदेखि नै अनुपस्थित हुँदै आएको छ । यस्तै एमालेले आज बस्ने प्रतिनिधिसभाको बैठकमा पनि अवरोध जारी राख्ने भएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले नेपालपत्रलाई जानकारी दिए । आज बस्न लागेको बैठकमा संसद बैठकको कार्यसूचीबारे छलफल हुनुको साथै संसदमा जारी अवरोध हटाउने विषयमा समेत छलफल हुनेछ ।

सभामुख सापकोटाले आफूले कारबाही गरेका १४ जना संसदलाई निष्काशन गरेको सूचना नटाँसेको भन्दै एमालेले संसदको बैठक अवरोध जारी राख्नुका साथै सभामुखले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक बहिस्कार गर्दै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !