४ जेष्ठ २०८१, शुक्रबार

नेकपा एमालेद्वारा आज पनि संसद अवरोध जारी


एमालेद्वारा संसद अवरुद्ध फाइल फोटो

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरोेध गरेको छ । बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी दल एमालेका सांसदले ‘रोस्ट्रम’ घेराउ गर्दै नाराबाजी गरेका छन् ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरुद्ध नगरी सदनको नियमित प्रक्रियामा सहभागी भइ आफ्ना कुरा राख्न प्रतिपक्षी दलका सांसदसंग आग्रह गरेका थिए । एमालेका सांसदहरुले ‘संसदीय मर्यादा कायम गर’ भन्ने जस्ता नारा लगाएका थिए ।

यस अघि नै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले संसद् अवरोध जारी राख्ने दावी गरेका थिए । एमसीसीका विषयमा पहिले सत्ता गठबन्धन प्रष्ट हुनुपर्ने उनको भनाइ थियो ।

प्रतिनिधिसभाको आज शुरु भएको बैठकमा बहुचर्चित तथा विवादित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्भावित कार्यसूचीमा परेको छैन ।

प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठक आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्ने सहमति भएअनुसार नै सभामुख अग्नि सापकोटाले बोलाएको प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठकले आज संसद एमसीसी पेश नगर्ने निर्णय गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !