७ बैशाख २०८१, शुक्रबार

तीन वर्षभित्र २ हजार ३०० विद्यालयमा एकैसाथ ‘आईसीटी ल्याब’ हुन्छ : शिक्षामन्त्री


देवेन्द्र पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकारले २ हजार ३०० विद्यालयमा एकैसाथ ‘आईसीटी ल्याब’ स्थापना गर्ने दावी गरेका छन् ।

मन्त्री पौडेलले तीन वर्षभित्र देशभरका सबै सार्वजनिक विद्यालयमा ‘आईसीटी ल्याब’ निर्माण गरिने बताए । बिहीबार एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन्।

तत्काल दुई हजार तीन सय विद्यालयमा आईसीटी ल्याब बनाउने निर्णय भएको मन्त्री पौडेलले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !