४ जेष्ठ २०८१, शुक्रबार

एमसीसी संसद्बाट पारित हुन्छ : नेता निधि


विमलेन्द्र निधि

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका नेता बिमलेन्द्र निधिले एमसीसी संसद्बाट पारित हुने विश्वास व्यक्त गरेका छन् ।

जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै नेता निधिले भने, “विगतमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालको एमसीसीका पक्षमा देखिएको सक्रियताले गर्दा पनि उहाँहरूले एमसीसी अनुमोदन गराउनुहुन्छ भन्ने विश्वास गर्न सकिन्छ ।”

एमसीसी पारित नभए देशको विश्वनियता नै नरहने भएकाले एमसीसी पारित गराउनुपर्ने बाध्यता रहेको उनको भनाइ थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !