१ मंसिर २०८१, शनिबार

संसदीय दलको बैठक सके लगत्तै प्रचण्ड पुगे बालुवाटार, प्रधानमन्त्रीसँग ‘वान टु वान’ वार्ता जारी


प्रचण्ड, शेरबहादुर देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल सुरू भएको छ । प्रधानमन्त्री सचिवालय अनुसार केही बेर अगाडि बालुवाटार आइपुगेका प्रचण्ड र देउवाबीच वान टु वान वार्ता भइरहेको छ ।

आज संसदीय दलको बैठक सके लगत्तै प्रचण्ड देउवालाई भेट्न बालुवाटार पुगेका हुन् । संसदीय दलको बैठकमा अध्यक्ष प्रचण्डले आजको संसद बैठकमा एमसिसी टेबल नगर्न अनुरोध गर्नेबारे सांसदहरूलाई जानकारी गराएका थिए ।

बैठकमा प्रचण्डले आज संसदमा एमसिसी टेबल नगर्न अनुरोध गर्ने तर जबरजस्ती टेबल भयो भने त्यसबाट पर्ने सबै असर व्यहोर्न तयार रहेको बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !