१४ बैशाख २०८१, शुक्रबार

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची


एमालेद्वारा संसद अवरुद्ध

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । तर हिजो मंगलबार सार्वजनिक गरिएको प्रतिनिधिसभा बैठकको आजको सम्भावित कार्यसूचीमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रस्ताव समावेश गरिएको छैन ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित तीन वटा कार्यसूचीमा एमसीसी उल्लेख गरिएको छैन । आजको प्रतिनिधिसभाको बैठकअघि सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

आज बस्ने प्रतिनिधि सभा बैठकमा सरकारले एमसीसी सम्झौता प्रस्ताव टेबल गर्ने तयारी गरेको छ । संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा एमसीसी नराखिएपछि भोलि बुधबारको बैठकमा पनि एमसीसी टेवुल नहुने संकेत देखिएको छ ।

तर नयाँ कार्यसूची प्रकाशन गरेर एमसीसी समेटिने सम्भावना भने कायमै रहेको छ । सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा प्रधानमन्त्रीले थारू आयोगको प्रतिवेदन पेश गर्ने र तीन पूर्वसांसदको निधनमा शोक प्रस्ताव पारित गर्ने विषयमा मात्र समेटिएको छ ।

कांग्रेसले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । हिजो नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।

यस्तो छ हेर्नुहोस् प्रतिनिधिसभा बैठकको आजको सम्भावित कार्यसूचीमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !