६ जेष्ठ २०८१, आइतबार

एमसीसी टेवुल गर्न लागिएको भन्दै विप्लवसहितका अन्य पार्टीद्वारा आज नेपाल बन्द


विप्लव

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदमा टेवुल गर्न लागिएको भन्दै नेत्रबिक्रम चन्द ‘विप्लव’ सहितका ५ पार्टी र एउटा मोर्चाले आज नेपाल बन्दको घोषणा गरेका छन् ।

विप्लव’ सहितका ५ पार्टी र एउटा मोर्चाले हिजो एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै एमसीसी सम्झौता संसदमा टेवुल गर्न नदिन आज नेपाल बन्दको घोषणा गरेका हुन् । भोलिको प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल हुने सम्भावना रहेको प्रधानमन्त्रीले बताइरहँदा वाम पार्टीहरुले बन्दको घोषणा गरेका हुन् ।

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले आज बुधबार देशभर नेपाल बन्द आह्वान गरेका हुन् ।

यद्यपि मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मसालले भने आज हुने नेपाल बन्दमा आफू सहभागी नहुने बताएको छ । नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले हिजो एक प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका थिए ।

नेपाली काँग्रेसको हिजो नयाँ वानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको काँग्रेस संसदीय दलको बैठकले संसदवाट एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेपछि ती दल र मोर्चाले नेपाल बन्द गर्न लागेका हुन् ।

५ दल र एक मोर्चाले जारी गरेको विज्ञप्तिमा संसद्को बैठक फागुन ४ गते सारेर पारित गराउने षड्यन्त्र गरेको उल्लेख गरिएको थियो । संसद् बैठकबाट ४ गते एमसीसी पारित गराउने देउवा सरकारको षड्यन्त्रलाई चकनाचुर पार्न घोषणा गरिएको आन्दोलनका कार्यक्रम सफल पार्न पनि विज्ञप्तिमार्फत आह्वान गरिएको हो ।

यस्तो छ हेर्नुहोस् नेपाल बन्दको बारेमा जारी गरिएको प्रेस विज्ञप्ति

 नेपाल बन्द


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !