६ बैशाख २०८१, बिहिबार

चार न्यायाधीशविरुद्ध महाअभियोग लगाउन एमालेद्वारा हस्ताक्षर संकलन


एमाले संसदीय दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलको बैठकले सर्वोच्च अदालतका चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने गरी सांसदहरूको हस्ताक्षर संकलन गरेको छ ।

जारी संसदीय दलको बैठकमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने गरी सांसदहरूको हस्ताक्षर संकलन गरेको एक नेताले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !