१४ असार २०८१, शुक्रबार

सभामुख अग्नि सापकोटाले बोलाए सर्वदलीय बैठक


सभामुखले बोलाए भोलि सर्वदलीय बैठक फाइल फोटो

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । सभामुख सापकोटाको सचिवालयका अनुसार भोलि सोमबार दिउँसो २ बजेका लागि सर्वदलीय बैठक बोलाइएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक बैठक बोलाएको उनको सचिवालयले बताएको छ ।

भोलि सोमबारका लागि पूर्वनिर्धारित प्रतिनिधिसभा बैठक फागुन ४ गतेसम्मका लागि स्थगित गरिएको छ । संघीय संसद् सचिवालयले आज आइतबार एक विज्ञप्ति जारी गर्दै बैठक २ दिन सारिएको जानकारी गराएको छ । यसअघि पनि पटक–पटक संसद् बैठक सारिएको थियो ।

यता पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा दर्ता भएको महाअभियोग निर्वाचन रोक्ने षड्यन्त्रस्वरुप आएको भनेर स्पष्ट परेका छन् ।

प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ता भएपछि अध्यक्ष ओलीले सत्ता गठबन्धनको कडा निन्दा गरेका छन् । आइतबार गठबन्धनका तीन दलले प्रधानन्यायाधीश विरुद्ध महाअभियोग प्रस्ताव पेस गरेसँगै ओलीको यस्तो प्रतिक्रिया बाहिर आएको हो ।

उनले महाअभियोग अनुचित, अनुत्तरदायी र हानिकारक ढंगले आएकोले धरै गम्भीर षडयन्त्रको प्रकटीकरण भएको पानी बताएका छन् । उनले महाअभियोगको सिलसिलाको बिजारोपण गरेर सत्तापक्षले राज्यका अंगहरूलाई नियन्त्रण गर्ने र प्रतिपक्षसँगको सम्बन्ध तनावग्रस्त बनाउन खोजेको आरोप लगाउँदै वैशाख ३० गतेमा घोषणा गरिएको स्थानीय तहको निर्वाचन रोक्ने षड्यन्त्र भएको बताए ।

यस्तै प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ता भएकोमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले छापामार शैलीमा प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको भन्दै आपत्ति जनाएको छ । एमालेका संसदीय दलका प्रमुख सचेतक बिशाल भट्टराईले यस्तो प्रतिक्रिया दिएका छन् ।

प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ता भएको बारेमा आफ्नो पार्टीलाई केही जानकारी नभएको पनि एमालेले स्पष्ट परेको छ । एमालेले पार्टीको संसदीय दलको बैठक भोलि बिहान ११ बजे बोलाएको छ । एमालेले आफ्ना सवै सांसदलाई आज बेलुकीसम्म काठमाडौँ आउन पनि निर्देशन दिएको छ ।

सभामुखले दर्ता भएको महाअभियोग प्रस्तावलाई संसदवाट एउटै स्वरमा पारित गर्न राजनीतिक दलका नेताहरुसँग छलफल गर्नका लागि सर्वदलीय बैठक बोलेका छन् । तर प्रमुख प्रतिपक्ष दलले महाअभियोग प्रस्तावमा मतदान नगर्ने संकेत गरिसकेको छ ।

नेपालको संविधानको धारा १०१ अनुसार राणा निलम्बनमा परेका छन् । संविधानको धारा १०१ मा यो संविधान र कानुनको गम्भीर उल्लंघन गरेको आधारमा प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यले राष्ट्रपति वा उपराष्ट्रपतिविरुद्धको महाभियोगको प्रस्ताव पेस गर्न सक्नेछन् ।

सो प्रस्ताव संघीय संसदको दुवै सदनको तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तिमा दुई तिहाइ बहुमतबाट पारित भएमा निज पदबाट मुक्त हुने उल्लेख गरिएको छ । यद्यपि संसदवाट तत्कालको लागि महाअभियोग प्रस्ताव दुई तिहाइ बहुमतबाट पारित हुने नदेखिएकोले देशमा राजनीतिक गतिरोध झन् चर्किने देखिएको छ ।

यो पनि पढ्नुहोस्

संसद सचिवालयले राष्ट्रपति कार्यालयलाई पठायो महाअभियोगको जानकारी पत्र

निर्वाचन रोक्ने षड्यन्त्रस्वरुप महाअभियोग दर्ता भएको ओलीको स्पष्टोक्ति

छापामार शैलीमा प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव आएको भन्दै एमालेको आपत्ति

जबरा निलम्बनमा परेसंगै दिपककुमार कार्की स्वतः कामु प्रधानन्यायाधीश

संसदमा महाभियोग दर्ता भएसंगै प्रधानन्यायाधीश जबरा निलम्बनमा

प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !