२ असार २०८१, शनिबार

सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच बालुवाटारमा छलफल


सत्ता गठबन्धनका तीन शीर्ष नेता

काठमाडौँ । सत्ता गठबन्धनका तीन शीर्ष नेताहरुबीच छलफल शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही समय अघिदेखि छलफल शुरु भएको हो ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालवीच छलफलमा शुरु भएको हो ।

तीन शीर्ष नेताहरुबीच शुरु भएको छलफलमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी), स्थानीय निकायको निर्वाचन, चुनावी गठबन्धन लगायत विषय केन्द्रित रहेको हुने बताइएको छ ।

अमेरिकाले फेब्रुअरी अन्तिमभित्र जसरी पनि एमसीसी पारित गर्न दबाब दिएतापनि उक्त विषयमा सत्तारुढ गठबन्धनमा नै चरम मतभेद रहेको छ । सरकारले आगामी बस्ने भनिएको प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबल गर्ने तयारी जारी राखेको छ ।

प्रधानमन्त्री देउवाले वर्तमान सत्ता गठबन्धन तोडेरै भएपनि एमसीसी पहिला संसदमा टेवल गराएर पछि पास गर्ने तयारीमा लागेका छन् । प्रचण्ड’ र नेपालले एमसीसी पास गर्नुपूर्व केही बुँदामा संशोधन गरेर मात्र पास गर्न सकिने भन्ने सर्त राखेपछि प्रधानमन्त्री देउवा गठबन्धन तोडेरै भएपनि एमसिसी पास गर्न तातेका हुन् ।

सत्ता गठबन्धनमा आबद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा अहिलेकै अवस्थामा एमसीसी पारित गर्न नहुने पक्षमा भएपछि यसअघि नै प्रधानमन्त्री देउवाले एमसीसी पारित नभएको अवस्थामा गठबन्धन नै टुट्न सक्ने चेतावनी समेत दिएका थिए ।

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी बजेट जसरी संसदबाट पास नहुने अडान राख्दै आएका छन् । एमसीसीको विषयलाई लिएर पछिल्लो समय सभामुख सापकोटाले दवावमा छन् । प्रधानमन्त्री देउवा एमसीसी पारित गर्ने पक्षमा उभिएपछि उनी दोधारमा परेका हुन् ।

सभामुख सापकोटालाई महाभियोग लगाएर हटाएमा संसदवाट एमसिसी पारित गर्न सहयोग गर्ने एमालेले ग्रिन सिग्नल दिएपछि देउवाले सभामुख सापकोटाको विकल्प खोजेर भएपनि संसद्मा एमसीसी टेबल गर्ने तयारी गरेका हुन् ।

एमसीसीको मुख्यालयलाई पत्र लेखेपछि पारित गर्नुपर्ने थप दबाबमा रहेका प्रधानमन्त्री देउवाले भरसक सत्ता गठबन्धनबीच सहमति गराएर एमसीसी पास गर्ने मनस्थितिमा रहेपनि एमसीसी पारित गर्न प्रचण्ड र नेपाल तगारो बनिरहे विकल्प खोजेर एमसीसी पास गर्ने मोडमा समेत रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !