७ मंसिर २०८१, शुक्रबार

प्रचण्डलाई शेखर कोइरालाको चुनौती: चुनावमा कुनै हालतमा गठबन्धन गरिँदैन


पुष्पकमल दाहाल, शेखर कोइराला

काठमाडौं । स्थानीय चुनावको मिति घोषणा गरेसँगै सत्ता गठबन्धनका केहि नेताहरु चुनावमा ५ दल एक भएर जाने दावी गर्दी आएका छन्।

विशेष गरि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका नेताहरु पनि चुनावमा गठबन्धन हुने दावी गर्दै आएका छन्।

तर बिहिबार मात्र प्रचण्ड र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच भेट भएको छ । दाहाल र कोइरालाबीच भेटघाटमा कोइरालाले कांग्रेस माओवादी वा अरू कुनै दलसँग गठबन्धनमा जान नसक्ने स्पष्ट पारिदिएको भेटमा सहभागी एक नेताले बताए । प्रचण्डले स्थानीय चुनावमा गठबन्धन बनाएर जाऔँ भनेर गरेको प्रस्तावलाई कोइरालाले अस्वीकार गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !