१२ पुस २०८१, शुक्रबार

स्थानीय निर्वाचनको मिति घोषणासँगै अध्यक्ष ठाकुरले दिए यस्तो निर्देशन


महन्थ ठाकुर

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले स्थानीय तहमा तदर्थ समिति गठन गर्न निर्देशन पार्टीका जिल्ला कमिटीलाई निर्देशन दिएका छन्।

सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरेसँगै अध्यक्ष ठाकुरले स्थानीय तहको पालिका संयोजक तोकेर तदर्थ समिति गठन गर्न निर्देशन दिएका हुन् ।

अध्यक्ष ठाकुरले पालिकाको तदर्थ समिति गठन गरी केन्द्रलाई जानकारी गराउने त्यसपछि वडा समितिहरु गठन गर्न निर्देशन दिएका हुन् । अध्यक्ष ठाकुरले उपमहानगर पालिका र महानगर पालिकाको तदर्थ समिति केन्द्रबाट नै गठन हुने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !