३ असार २०८१, आइतबार

जनमत पार्टीका जिल्ला उपाध्यक्षसहित ६ जना कार्यकर्ता पक्राउ


सिके राउत

महोत्तरी । जनमत पार्टी महोत्तरीका जिल्ला उपाध्यक्षसहित ६ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । सरकारले किसानको माग नसुनेको भन्दै राजमार्ग बन्द गराउने उद्देश्यले आन्दोलनमा उत्रेका जिल्ला उपाध्यक्ष मकसुधन महतो र पिपरा गाउँपालिकाका धिरेन्द्र साह पक्राउ परेको प्रहरीले जनाएको छ ।

त्यस्तैगरी पक्राउ पर्नेमा बर्दिबास–६ का विनोदकुमार महतो, बलवा नगरपालिका(६ का वडाध्यक्ष नारायण साह, पिपरा गाउँपालिकाका अजितकुमार ठाकुर, गौशाला नगरपालिका–१ का वडाध्यक्ष वीरेन्द्र महतो छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !