काठमाडौं । नेकपा एमाले निकट भूमिहिन सुकुम्बासी संगठनकी अध्यक्ष शान्ता चौधरीले संविधानको सिमामा रहेर स्थनीय तहको निर्वाचन गर्न सरकारसँग माग गरेकी छन् ।
चौधरीले एक विज्ञप्ती जारी गर्दै मुलुकको स्थानीय क्षेत्रको विकास निर्माणमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुने भएकोले स्थानीय तहको निर्वाचनलाई समयमा नै गर्न माग गरेकी छन् ।
निर्वाचन हुने नहुने विषयले स्वदेश तथा विदेशमा रहेका नेपाली नागरिकहरुले चासो र बहस बढी रहेको विज्ञप्तीमा उल्लेख छ । ‘संविधान र लोकतन्त्रको पहिलो आधार स्थानीय तहको सरकारको सुनिश्चतता बिना मुलुकअगाडी जान नसक्ने हुँदा नेपाल भूमीहिन संगठनको यस सवालमा गम्भिर ध्यान आकर्षण भएको छ’ चौधरीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।