१४ बैशाख २०८१, शुक्रबार

को-को बने काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य ?


गगन थापा

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले केन्द्रीय कार्यसम्पादन समिति गठन भएको छ ।

बैठकमा महामन्त्री गगन थापाले २४ जनाको नाम अनुमोदनका लागि प्रस्ताव गरेका थिए । बैठकले उक्त नाम सर्वसम्मत रुपमा अनुमोदन गरेपछि सम्पादन समिति गठन भएको हो ।

महामन्त्री थापाका अनुसार कार्यसम्पादन समितिमा सभापति देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा सहमहामन्त्रीहरु फरमुलाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोर सिंह राठौर, बद्री पाण्डे र जीवन परियार पदेन सदस्य रहने छन् ।

कार्यसम्पादन समिति सदस्यमा वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वउपसभापतिहरु गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजय गच्छदार र प्रकाशमान सिंह सम्पादन समिति सदस्य बनेका छन् । कृष्णप्रसाद सिटौला, शशांक कोइराला, पूर्व कोषाध्यक्ष चित्रलेखा यादव, पूर्वसहमहामन्त्रीहरु रामशरण महत, अजुर्ननरसिंह केसी, प्रकाशशरण महत, सुनिलबहादुर थापा, शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, नारायण खड्का, जीप छिरिङ लामा, पद्मनारायण चौधरी, उमा रेग्मी , एनपी साउद, सुजाता कोइराला आनन्द ढुंगाना रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !