१३ बैशाख २०८१, बिहिबार

काङ्ग्रेसका महामन्त्री शर्मा कोरोना संक्रमणमुक्त


विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा कोरोना संक्रमणमुक्त भएका छन् । महामन्त्री शर्माले सामाजिक सञ्जालमार्फत आफू संक्रमणमुक्त भएको जानकारी गराएका छन्।

उनले संक्रमणपछि पुर्ण आइसोलेसनमा बसेर बल्ल सांगठनिक काममा फर्केको बताएका छन् l

उनले लेखेका छन्, “संक्रमण पुस्टिपछि `आइसोलेसन´मा बस्नु हामी हरेकको जिम्मेवारी हो l पालना नगर्नु बहादुरी होइन गैह्र जिम्मेवारीको पराकाष्ठा, कानुनको उलंघन र अन्य नागरिकको जीवनप्रति गम्भीर खेलबाड समेत हो !यहि `ज्ञान´ र बिज्ञान आत्मसात गरेर, संक्रमणपछि पुर्ण आइसोलेसनमा बसेर, बल्ल सांगठनिक काममा फर्केको छु l सबैको शुभेच्छाप्रति आभार ! जय नेपाल !”

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !