१४ बैशाख २०८१, शुक्रबार

सत्ता गठबन्धनले मनाउने अन्तिम उत्सव सकियो : विष्णु रिमाल


विष्णुप्रसाद रिमाल

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमालले सत्ता गठबन्धनको अब उत्सव सकिएको टिप्पणी गरेका छन् । नेता रिमालले राष्ट्रियसभाको हिजो सम्पन्न निर्वाचनबाट अपहरित पुरानो जनमतको बलमा गठबन्धनले मनाउने अन्तिम “उत्सव” सकिएको बताएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “राष्ट्रियसभाको हिजो सम्पन्न निर्वाचनबाट अपहरित पुरानो जनमतको बलमा गठबन्धनले मनाउने अन्तिम “उत्सव” सकियो। चौतर्फी घेरा तोडेर विजयी सोनाम ग्याल्जेन शेर्पालाई हार्दिक बधाई ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !