१८ बैशाख २०८१, मंगलबार

स्थानिय सरकार जनप्रतिनिधि बिहिन बनाउनु जनतालाई लात हान्नु हो : शान्ता चौधरी


शान्ता चौधरी

काठमाडौं । नेकपा एमालेकी नेतृ शान्ता चौधरीले स्थानिय सरकार जनप्रतिनिधि बिहिन बनाउनु जनतालाई लात हान्नु जस्तै भएको टिप्पणी गरेकी छन् ।

नेतृ चौधरीले सिमित व्यक्तिको राजनीतिक दाउपेचका लागि जनतालाई अधिकार बिहिन बनाउने प्रतिगामी र अप्रजातान्त्रिक कदमले यी कस्ता पार्टी हुन् भन्दै प्रश्न गरेकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “परमादेशी सरकार चलाउने गठबन्धनले स्थानीय चुनाब नगराउने निर्णय गरेछ सिमित व्यक्तिको राजनीतिक दाउपेचका लागि जनतालाइ अधिकार बिहिनबनाउने प्रतिगामी र अप्रजातान्त्रिक कदमले यी कस्ता पार्टीहुन र कसका स्वार्थका लागि काम गर्छन भन्ने अब प्रस्ट भएकोछ तत्काल चुनाब घोषणा गर्न जनदबाब सिर्जनागरौ। स्थानिय सरकार जनप्रतिनिधि बिहिन बनाउनु जनतालाइ लात हान्नु हो।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !