काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई २०५८ सालमा मोहरा बनाईएझैं पुनः मोहरा बनाउन खोजिएको टिप्पणी गरेका छन् ।
महासचिव पोखरेलले देउवालाई हिजो ज्ञानेन्द्र शाहले उचालेको र आज प्रचण्डले उचालेको पनि उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, “हिजो देउवा चुनाववाट भाग्न खोज्दा ०५८ साले प्रतिगमन भाथ्यो । आज पुनः देउवालाई मोहरा बनाइदैछ । हिजो उचाल्ने ज्ञानेन्द्र,आज प्रचण्ड..”